अछाममा विद्यालय भवन निर्माण र मर्मत सम्भारको योजनामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गरिएको छ । तुर्माखाद गाउँपालिकामा रहेको ध्रुुवतारा आधारभूत विद्यालयमा भवन निर्माण र मर्मत शीर्षकको २५ लाख बराबरको योजनामा अनियमिता गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।
विद्यालयका संस्थापक शिक्षकसमेत रहेका निर्माण समितिका अध्यक्ष भक्तप्रसाद न्यौपानेले आइतबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिदै उक्त योजनामा सांसद र प्राविधिकलाई समेत रकम खुवाएर विद्यालयले अनियमितता गरेकाले छानबिन गर्न माग गरेका हुन् ।
विद्यालय भवन निर्माण र मर्मतको योजनामा अनियमितता भएको भन्दै निवेदन प्राप्त भएकाले छानबिन गरिने अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले वताउनु भयो । तर विद्यालयका प्रधानाध्यापक प्रकाशकुमार न्यौपानेले भने उजुरी झुठो भएको दाबी गरेका छन् ।