Saturday, September 23, 2023

बलात्कार आरोपमा बैतडीका पुरुष पक्राउ, महिला गर्भवती भएपछि घटना सार्वजनिक

बैतडीमा बलात्कारको आरोपमा एकजना पुरुष पक्राउ परेका छन्। जिल्लाको मेलौली नगरपालिका–९ का २८ वर्षीय पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

नियन्त्रणमा लिएका पुरुषको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए। महिलाले दिएको जाहेरीको उनलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक चन्दले बताए। 

उनीमाथि डडेल्धुराको भागेश्वर गाउँपालिकाकी २३ वर्षीया महिलाले बलात्कारको आरोप लगाएकी हुन। आफुमाथि जेठ १४ गते फुपु सासुको घर मेलौलीमा गएका बेला पीडकले बलात्कार गरेको उनले प्रहरी समक्ष बताएकी छन्। ती पुरुषले ललाईफकाई आफनो घरको गोठमा लगेर बलात्कार गरेको पीडित महिलाले बताइन। 

पीडित महिलाका श्रीमान एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा रहेका छन्। अहिले ती महिला गर्भवती भएपछि घटना सार्वजनिक भएको हो। 

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *