Saturday, September 23, 2023

हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु, एकजना घाइते

सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हरिवन नगरपालिका –४ बस्ने सलाकत मन्सुरकी ६२ वर्षीया पत्नी तेतरी खातुन रहेको प्रहरीले जनाएको छ । गाउँमा विवाहको घरमा जाने क्रममा अचानक जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । नमुना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि नेशनल मेडिकल कलेज बिरगञ्ज रिफर गरिएकोमा उनको सोही क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

यस्तै बागमती नगरपालिकामा हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् । बागमती नगरपालिका–४ रेल्वे नजिकै हात्तीले आक्रमण गर्दा ३५ बर्षीय पुरुष घाइते भएका हुन् । नाम र ठेगाना खुल्न भने नसकेको प्रहरी प्रवक्ता बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *