Tuesday, September 26, 2023

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अवस्था लथालिंग, सूचना पाउनै मुस्किल

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अवस्थामा भद्रगोल हुन पुगेको छ । करिब एक महिना यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको व्यवस्थापन लथालिंग हुँदा प्रहरी कार्यालयमा हुनुपर्ने घटनाक्रम तथा सूचनाहरुको अभिलेखीकरणमा समस्या देखिएको छ ।

तत्कालीन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम राज सुवेदी सुरुवा भएर उनको ठाउँमा आएका प्रहरी नायव महानिरीक्षक पुरुषेत्तम कँडेलका कारण नै प्रदेश प्रहरी कार्यालको व्यवस्थापन लथालिंग बनेको हो ।

२०७८ असार १६ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा हाजिर भएका प्रहरी नायव महानिरीक्षक कँडेलले विगतमा भएको प्रदेश प्रहरी प्रमुखको सचिवालय खारेज गरेका छन् । तर, अहिलेसम्म नयाँ जिम्मेवारी भने कसैलाई तोकेका छैनन् ।

‘सात पहाडी र दुई तराईका गरी नौ जिल्ला रहेको यस प्रदेशका विभिन्न स्थानमा हुने सबै प्रकारका घटनाको विस्तृत जानकारी प्रदेश प्रहरी प्रमुखलाई अनिवार्य हुनुपर्ने हुन्छ’, एक प्रहरी अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा भने ।

प्रदेश प्रहरी प्रमुख एक्लैले त्यो सबै जानकारी दिन र अभिलेख राख्न सम्भव छैन । जसको सहजताको लागि विगतमा आउने प्रदेश प्रहरी प्रमुखले सचिवालय गठन गरेर त्यसमार्फत सबै काम गर्दै आएको थियो ।

उनले थप भने, ‘तर, अहिलेका डीआईजी साबले पुरानो सचिवालय खारेज गर्नु भयो । एक महिना हुन लाग्यो नयाँ पनि जम्मेवारी दिनुभएको छैन् । यस्तै विगतमा प्रदेशमा प्रहरी बरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षकलाई प्रदेश प्रहरी प्रवक्ता तोक्ने प्रचलन थियो । त्यो पनि अहिलेका डीआईजीले (प्रहरी नायव महानिरीक्षक) कँडेलले तोक्नुभएको छैन ।’

कार्यलय व्यवस्थापनमा ध्यान दिनु भन्दा पनि प्रदेश प्रहरी कार्यालयमा हाजिर हुने बित्तिकै विभिन्न अनुगमनको नाममा मातहमा रहेका प्रहरी युनिटका प्रमुखहरुलाई सोही ठाउँमा गएर भेट्ने गर्नुले राम्रो सन्देश नजाने अर्को एक प्रहरी अधिकृतले बताए ।

उनले भने, ‘उहाँ यस क्षेत्रका प्रहरीको उच्च कमाण्डर हो । कार्यलयमै बोलाएर भेटघाट तथा परिचय गर्नु ठिकै हो तर, व्यक्तिगत रुपमै युनिट युनिटमा गएर भेट्ने । भएको कार्यालय व्यवस्थापन विगार्ने र नयाँ व्यवस्थापनमा ध्यान नदिनु कदापी राम्रो पक्ष मान्न सकिदैन ।’

यस प्रकारका प्रवृत्तिले पछिसम्म पनि असर गर्ने उनको तर्क छ । उनले भने, ‘नयाँ आएका प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेलले कार्याल प्रमुखको सूचना दिने काम हैन । सूचना दिने काम प्रवक्ताको हो ।’

प्रहरी नियामावली पढ्नु होस् भन्दै धम्कीपूर्ण भाषा बोल्ने र प्रहरी प्रवक्ता समेत नतोक्दा सूचना पाउनै गाह्रो भएको पत्रकारहरुले गुनासो गरेका छन् । प्रदेश प्रहरी प्रमुख कँडेलले सूचना तथा जानकारी दिन नमान्ने र प्रहरी प्रवक्ता समेत आफैले तोक्नु पर्नेमा नतोकेकोले प्रदेशमा प्रहरीसँग भएका विभिन्न सूचनाहरु माग्न र घटनाको आधिकारिकता थाहा पाउन कठिनाई हुने गरेको पक्रकारहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *