टिभिएस एनटर्क रेसको परिर्माजित संस्करण सार्वजनिक भएको छ। नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आइतबार भर्चुअल कार्यक्रममार्फत टिभिएस एनटर्क रेस ट्युन्ड एफआई सार्वजनिक गरेको हो।
एनटर्क सिरिजअन्तर्गतको यो स्कुटरमा बिएस ६ मापदण्डको आरटी एफआई इन्जिन जडान गरिएको छ। कम्पनीले यो एफआई इन्जिनभन्दा राम्रो हुने दाबी गरेको छ। यसमा भएको १२५ सिसी क्षमताको आरटिएफआईले अधिकतम ९.२५ बिएचपी पावर र १०.५ एनएमको टर्क जेनेरेट गर्छ।
टिभिएस एनटर्क १२५ पुरा डिजिटल स्पिडोमिटर सहित ब्लुटुथ भएको पहिलो स्कुटर हो। जसमा नेभिगेसन असिस्टेन्ट, कलर आइडी, स्पिड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, सर्भिस रिमाइन्डर, इन्जिन किल स्विच र स्टिल्थ इन्स्पायर्ड स्टाइलिङ, २० लिटर क्षमताको डिकी स्पेस, एलइडी टेल लाइटलगायत विशेषताहरू छन्।
यसमा मल्टी राइड स्टाटिक मोड पनि छन्। जसअन्तर्गत स्ट्रिट र स्पोर्ट पर्छन्। त्यस्तै यो नयाँ एनटर्कमा ५.८ लिटरको फ्युल ट्याङ्क छ। नेपाली बजारमा एनटर्क लोकप्रिय बनेपछि ग्राहकहरूको मागअनुरुप कम्पनीले एनटर्क रेस ट्युन्ड एफआई सार्वजनिक गरेको बताएको छ। यसले बेस्ट इन पावरः पिक–अप, पावर, पर्फमेन्स बेटर देन एफआईु नारासँगै स्कुटर सार्वजनिक गरेको हो। कम्पनीले नयाँ स्कुटरको सुरुवाती मूल्य २ लाख ७७ हजार ९ सय तोकेको छ। यो भनेको हाल बजारमा उपलब्ध एनटर्क रेसको मूल्यभन्दा १२ हजार महंगो हो। एनटर्क रेसको सुरुवात मूल्य २ लाख ६५ हजार ९ सय तोकिएको छ।