११ साउन ।
जसपाको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगले आज निक्र्यौल गर्दैछ । यसको लागि आयोगले दुवै पक्षलाई सनाखतको लागि आयोगको कार्यालयमा बोलाएको छ । अधिकांश कार्यकारिणी सदस्यहरु आयोगको कार्यालय पुगिसकेका छन् ।
अहिलेसम्म उपेन्द्र यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेको बताईएको छ । महन्थ ठाकुरनिकट नेताहरु राजकिशोर यादव र मनिष सुमनले पनि यादव पक्षमै हस्ताक्षर गरेका छन् । जेलमा रहेका रेशम चौधरी पनि हेड काउन्टको लागि आयोगको कार्यालय पुग्दैछन् ।
पहिले जेलबाटै सनाखत गर्ने भने पनि पछि आएर उनी निर्वाचन आयोगमा स्वयं उपस्थित हुने भएका हुन् ।
उनले पनि यादव पक्षमै हस्ताक्षर गर्ने बताईएको छ । तर, ठाकुर पक्षले भने चौधरीले आफूहरुको पक्षमा हस्ताक्षर गर्ने दाबी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ।