Thursday, November 30, 2023

निर्वाचन आयोगद्वारा जसपाको आधिकारिकता यादव पक्षलाई

११ साउन

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिता प्रदान गरेको छ । आज हेड काउन्टमा यादव पक्षमा बहुमत कार्यकारिणी समिति सदस्य देखिएपछि आधिकारिकता प्रदान गरेको हो ।

जसपाको ५१ सदस्यीय कार्यकारिणीमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् । यो संख्या ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा बहुमत हो ।

हेड काउन्टमा अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना पुगेका छन् । जेलमा रहेका कार्यकारिणी समितिका सदस्य रेशम चौधरी भने तटस्थ बसे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *