Thursday, June 1, 2023

एकैदिन ३ हजार ४२१ कोरोना संक्रमित थपिए, २५ को मृत्यु

पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ । तीमध्ये ९ हजार ९,७३८ जनाको मृत्यु भएको छ भने ६ लाख ४५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ जना रहेका छन् । जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 2

Leave A Reply

Your email address will not be published. Required fields are marked *