Thursday, September 28, 2023

बिदेश जानेले यी अस्पतालमा कोरोनाको खोप लगाउन पाउने

सरकारले बिदेश जानेहरुका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन अस्पताल तोकिदिएको छ । सरकारले अध्ययन तथा कामदार भिसामा बिदेश जानेहरुका लागि नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्य खोप केन्द्रहरुमा खोप सकिएकाले बिदेश जानेहरुका लागि खोप लगाउन उक्त दुई अस्पताल तोकिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार खोप लगाउन जाँदाखेरि भिसा र पासपोर्ट अनिवार्य लिएर जानुपर्नेछ । कामदार तथा अध्ययनका लागि बिदेश जाँदा कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *