Saturday, September 23, 2023

जेलबाट आएर आयाेगमा पक्ष र विपक्षमा सनाखत गर्न मेरो नैतिकताले दिएन : रेशम चाैधरी

जनता समाजवादी पार्टी जसपाको विवादमा रेशम चौधरी तटस्थ बसेका छन्। सनाखतका लागि निर्वाचन आयोग पुगेका केन्द्रीय कार्यकारिणी परिषदका सदस्य चौधरीले तटस्थ बस्ने निर्णय लिएका हुन्।

आयोगको कार्यालय पुग्नासाथ जसपाका दुवै समूहले रेशमलाई आफ्नो पक्षमा मतदान गर्न तानातान गरेका थिए। तर उनले कतै पनि मतदान नगरी तटस्थ बस्ने निर्णय लिएका हुन्। 

उनले आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन आफूलाई नियत र नैतिकताले नदिएको बताए । आयोगबाट बाहिरिँदै उनले सञ्चारकर्मीहरुलाई भने,’आज जेलबाट निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन । मेरो लागि पक्ष र विपक्ष दुवै जसपा हो । ‘

निर्वाचन आयोगका पदाधिकारीहरु सनाखतका लागि कारागारमै पुगे पनि रेशमले जेलबाट सनाखत गर्न अस्वीकार गरेका थिए। त्यसपछि गृहमन्त्रालयको समन्वयमा उनलाई आयोगको कार्यालयमै लैजाने व्यवस्था मिलाइएको हो। ५१ सदस्सीय जसपा केन्द्रीय कार्यकारिणी सदस्यमा ३४ जनाले अध्यक्ष उपेन्द्र यादवको पक्षमा खुलेका छन् भने महन्थ ठाकुरको पक्षमा १६ जना र चौधरी तटस्थ बसेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *