सुदूरपश्चिममा सोमबार थप ६६ जना कोरोना संक्रमित थपिएका छन ।सोमबार ४५० जनाको एन्टिजेन परिक्षणमा १५ जना र ३४५ जनाको पिसिआर परिक्षणमा ५१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै प्रदेशमा संक्रमितको संख्या ४४ हजार ९ सय पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । प्रदेशमा सोमबार २४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यो सँगै डिस्चार्ज हुनेको संख्या ३५ हजार ५ सय ९५ पुगेको छ ।