Saturday, September 23, 2023

चीनमा फेरि देखियो कोरोना देखियो, संक्रमण फैलनसक्ने चेतावनी

कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समय कोरोनाका नयाँ संक्रमितहरु भेटिने क्रम बढेको छ ।चीनमा ४० जना नयाँ संक्रमित भेटिएपछि चीन सरकारले फेरि संक्रमण फैलनसक्ने चेतावनी दिएको छ ।

चीनको जाङ्सु र लियानिङमा ती संक्रमितहरु भेटिएका हुन् । ती क्षेत्रहरुमा केही दिन यता निरन्तर नयाँ संक्रमितहरु देखिने क्रम बढेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

यसैगरी विभिन्न मुलुकबाट चीन पुगेका ३६ जनामा पनि संक्रमण पुष्टि भएको छ । चीनले कोरोना निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ ।

संक्रमितहरु थपिन थालेपछि चीनको स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन अपील गर्दै स्वास्थ्य मापदण्ड पालनामा कडाई समेत गर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *