Tuesday, September 26, 2023

बझाङमा सहकारी संस्थाको जिपमा अज्ञात समूहबाट आगजनी

 बझाङमा आइतबार राती अज्ञात समूहले कृषि सहकारी संस्थाको जिपमा आगजनी गरेका छन् ।जयपृथ्वी नगरपालिका ६ नौरामा रहेको आमधारा नौरा कृषि सहकारी संस्थाको जिपमा अज्ञात समूहले आगजनी गरेको वडाध्यक्ष नरेन्द्र सिंहले बताउनुभयो ।

गाउँमै पार्किङ गरी राखेको म १ च ७८३ नम्बरको जीपमा आइतबार राति आगजनी भएको छ । वडाध्यक्ष सिंहका अनुसार जीपको अगाडीको सिसा फूटाएर पार्किङ गरेको ठाँउबाट २० मिटर अगाडी ल्याएर आगजनी गरिएको बताउनुभयो ।

आइतबार राति करिब १२ बजे तिर जिपमा आगजनी भएको बझाङ प्रहरीले जनाएको छ । आगजनीबाट जिपको अगाडीको सिट र पछाडिको पूरै भाग जलेर क्षति भएको छ । जीपमा आगजानी कसले र किन गरेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खडकाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *