Tuesday, September 26, 2023

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा स्थगित

मध्यपश्चिम विश्वविद्यालयले मंगलबारदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा स्थगित गरिएको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । सोमबार बिहान सूचना जारी गर्दै पूर्वप्रकाशित तालिका अनुसार नै परीक्षा हुने बताएको परीक्षा व्यवस्थापन कार्यालयले सोमबार मध्यराति अर्को सूचना जारी गर्दैै एक साताका लागि सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ । विश्वविद्यालयले आज (१२ गते) देखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा भौतिक उपस्थितिमा लिने जनाएको थियो ।

विद्यार्थीहरुले भने अनलाइनमार्फत् परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन जारी राखेका थिए । विश्वविद्यालयले विद्यार्थी आन्दोलनलाई नै कारण देखाउँदै परीक्षा स्थगित गरिएको जनाएको छ । कोरोना महामारीका कारण विद्यार्थीहरुले अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका छन् । तर त्रिभुवन विश्वविद्यालयले भने दुई वर्षदेखि रोकिएका परीक्षा हाल भौतिक उपस्थितिमै लिइरहेको छ ।

तर मध्यपश्चिम विश्वविद्यालयका आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले भने अनलाइनमाध्यमबाट पढाइ भएकाले अनलाइन माध्यमबाटै परीक्षा लिनुपर्ने लगायतका विभिन्न १९ बुँदे माग राख्दै गत आइतबारदेखि आन्दोलन गरिरहेका छन् । बिहीबार विद्यार्थीहरुले विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 3

Leave A Reply

Your email address will not be published. Required fields are marked *