Saturday, September 23, 2023

गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त,नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सरकारको सिफारिस

१२ साउन,

गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीकी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि उनीहरुलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले गण्डकीमा पृथ्वी मान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *