Sunday, September 24, 2023

मन्त्री परिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

साउन १३

सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक शुरु भएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।

कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई-दुई जना मन्त्री र एकजना राज्यमन्त्री छन् ।

अब जनता समाजवादी पार्टी (जसपा)लाई समेत समेटेर मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको प्रधानमन्त्री देउवा निकट एक नेताले बताए । ती नेताले भने, ‘जसपाको आधिकारिकता सम्बन्धी विवाद मिलिसकेकाले अब मन्त्रिपरिषद विस्तार हुन्छ । त्यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो ।’

निर्वाचन आयोगले गत सोमबार जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *