Tuesday, September 26, 2023

सत्ता गठबन्धनको बैठक सम्पन्न,मन्त्रालय बाँडफाँडको जिम्मा शिर्ष नेताहरुलाई

१३ साउन ।

सत्तापक्षीय गठबन्धनको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा शक्ति सन्तुलन र मन्त्रालय बाँडफाँडको विषयमा छलफल भएको छ । मन्त्रालय बाँडफाँडको जिम्मा भने गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको छ ।

उक्त बैठकमा नेपाली काङ्ग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , प्रवक्ता नारायणकाजी श्रेष्ठ ,जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई,अशोककुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

तर, आजको गठबन्धनको बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल भने उपस्थित् थिएनन् । उनको समूहबाट डा. विजय पौडेल सहभागी थिए । आजको बैठकमा सैद्धान्तिक विषयमा मात्रै छलफल केन्द्रित रहेको जनाइएको छ । न्युनतम साझा कार्यक्रम चाँडो टुङ्गो लगाउन कार्यदललाई निर्देशन दिइएको कार्यदल संयोजक महामन्त्री पूर्णबहादुर खड्काले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *