Saturday, September 23, 2023

कक्षा १२ को परीक्षा अघि नै विद्यार्थीलाई खोप दिन शिक्षा समितिको निर्देशन

१३ साउन ।

कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि नै कोरोना खोप उपलब्ध गराउन शिक्षा समितिले निर्देशन दिएको छ । समितिले विद्यार्थीलाई परीक्षाअघि नैै खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

शिक्षा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि कोरोना भाइरसको कारण परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीले दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था गर्न समेत निर्देशन दिएको छ । विद्यार्थी धेरै भएको विद्यायलमा केन्द्रको संख्या बढाउन समेत समितिले सुझाव दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट भाद्र ९ गतेसम्म परीक्षा संचालन गर्ने तालिका सार्वजनिक गरीसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 3

Leave A Reply

Your email address will not be published. Required fields are marked *