१४ साउन ।
पूर्व माओवादीका सांसद गरेको संसद पदमा पुनर्बहाली माग गर्दै गरेको रिटमाथि आज सुनुवाई हुँदैछ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेका थिए । सर्वोच्च अदालतमा दायर चारै जनाको रिटमाथि न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाई हुने भएको हो ।
यसअघि यी चार नेताले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेको बताएका थिए । तर, उनीहरुले हिजो बुधबार दायर गरेको रिटमा भने आफूहरुले दल त्याग नगरेको बताईएको छ । यी चारै जना नेता केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत बनेका थिए