Tuesday, September 26, 2023

कोरोनाका कारण त्रि.वि.का सबै परीक्षा स्थगन गर्ने तयारी, अब आन्तरिक मूल्यांकन गरिने

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएपछि सञ्चालन गरिँदै आएका परीक्षा र साउन २० देखि सुरु हुन लागेका विश्वविद्यालयअन्तर्गतका परीक्षा स्थगन गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले यसबारे शिक्षा मन्त्रालयसँग परामर्श भइरहेको र यसबारे केही बेरमा जानकारी दिइने बताएका छन् ।

त्रि.वि.को आधिकारिक फेसबुक पेजमार्फत पनि परीक्षा सञ्चालनबारे छलफल भइरहेको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने तयारी गरिएको भनिएको छ ।

स्वास्थ्यमन्त्री श्रेष्ठको भनाई उद्धृत गर्दै फेसबुक पेजमा भनिएको छ, ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 7

Leave A Reply

Your email address will not be published. Required fields are marked *