Saturday, September 23, 2023

काश्मीरबाट धारा ३७० र ३५ए हटेपछि जम्मू-कश्मीर र लद्दाख पूर्णरूपमा भारतको मुख्य धारमा सामेल भएको

कृष्णनगर , साउन २२ कृष्णनगर बार्डर सटेकाे भारतीय बजार बढ्नीमा राष्ट्रिय एकताकाे लागि एउटा संस्थाद्वारा विचार गाेष्ठी राखिएकाे थियाे । नेपाल-भारत दुवै देशका बुद्धिजीवी ,संचारकर्मीलाई समेट्ने गरि आयाेजन गरिएकाे कार्यक्रममा भारत सिमा क्षेत्रमा अमन चाहेकाेले राजेंद्र सिंह सेवा संस्थानले गाेष्ठी आयाेजन गरेकाेमा वाक्ताहरुले बधाई दिदै सिमादेखि सटेकाे बढ्नी बजार अवस्थित आर्य कन्या बिद्यालयमा चियापानसंगै शुरु भएकाे कार्यक्रममा भारत सरकारका विभिन्न एतिहासिक फैसलाहरु बारे पनि चर्चा गरेका हुन । भारतले राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउनका लागि नै काश्मीरबाट धारा ३७० र ३५ए हटाएकाे समाजसेवी वाक्ता राजेश चन्द शर्माकाे भनाई थियाे । अहिले भारत सरकारले कश्मिरकाे सर्वांगीण बिकासका लागि विगतका दिन भन्दा बढी लगानी गरेकाे छ भने त्यहांका युवायुवती लक्षित स्वाराेजगार तालिमहरु पनि निरन्तर दिदै जम्मू कश्मीर औद्योगिक क्रांतिको पथमा अग्रसर , आर्थिक सामाजिक विकास तर्फ जम्मू कश्मीर अग्रसर हुदै आएकाे, काश्मीरबाट धारा ३७० र ३५ए हटेपछि पर्यटन विकासको क्षेत्रमा अगाडि बढ्दै, जम्मू कश्मीर भारतको मुख्यधार मा जुडेको र यस्मा नेपाली गोर्खा आर्मीको समेत योगदान रहेको कुरा अविस्मरणीय रहनेछ साथै जम्मू कश्मीरको विकास हुने प्रबल सम्भावना स्थापित समेत भएको वाक्ताहरुले बताए । मेडिकल कालेज स्थापना , विश्वविद्यालयमा भर्ना लगायत सरकारी ठेकाहरुमा पारदर्शिता पनि हुँदै आएकाे छ भने स्थानीय स्तरमा समाजिक बिकासलाई विशेष जाेड दिएकाे भारतीय पत्रकार अजय गुप्ताकाे भनाई थियाे । कार्यक्रममा एसएसबी पदाधिकारी ,राजनितिक दलका प्रतिनिधि , संचारकर्मी लगायत समाजिक तथा प्रशासनिक बुद्धिजीवीकाे उपस्थिति थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

Leave A Reply

Your email address will not be published. Required fields are marked *