साउन २५ सुखड –कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने टेङ्गा खोलामा बनेको पक्की पुलको उद्घाटन गरीएको छ । सोमबार उक्त पुलको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी रिबन काटेर गरेका थिए । गणेशपुर शितलपुर जोड्ने टेङ्गा खोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकारको ४ करोड ९४ लाख २५ हजार १ सय ३३ रुपैयाँमा गणेशपुर र शितलपुर जोड्ने पक्की पुल निमार्ण भएर उद्घाटन गरीएको हो ।पुलको लम्बाई ३८ मिटर छ भने चौडाइ ८ दशम्लब ४ मिटर रहेको छ । वडा नम्बर ४ र ५ जोड्ने टेङ्गा खोलामा बनेको पक्की पुलको निमार्ण जय विष्णु निमार्ण सेवा प्रा.लि काठमाडौँले गरेको हो । २०७७ पुस २१ गते तत्कालीन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले शिलान्यास गरेका थिए । पटक पटक उक्त खोलाको सर्वे भए पनि तर काम चाहिँ सुरु भएको थिएन । कैलाली क्षेत्र नम्बर ३ प्रदेश सभा ‘ख’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका सांसद अमर साउद र वडा नं. ४ का वडा अध्यक्ष टेक बहादुर बुढाको पहलमा टेङ्गा खोलामा बनेको हो । खोलामा पुल नहुँदा त्यहाँका स्थानीयहरूलाई निकै समस्या हुने गरेको थियो । खोला तर्न नसक्दा कतिपयको त अकालमा ज्यान गुमाउनु समेत परेको स्थानीयहरू बत्ताउँछन् । टेङ्गा खोलामा पक्की पुल भने पछि महोन्याल गाउँपालिकाका स्थानीयहरूलाई पनि सहज हुने छ । त्यस ठाउँमा स्थानीयहरू दैनिक रुपमा ओहोरदोहोर गर्ने गरेका छन् । वडा नम्बर ४, ५, ९ र महोन्याल गाउँपालिकाका स्थानीहरू सानोतिनो कामको लागी पहलमानपुर सुखड आउने मुख्य बाटा नै त्यही हो । उक्त खोलामा पुल नहुँदा विगतका वर्षहरूमा हिउँदको समयमा खोलामै गाडी, मानिस, पशु चौपाया आवतजावत गर्ने गरे पनि बर्षातको समयमा खोला बढेर ठुलो हुँदा वारपार गर्न सकिने अवस्था थिएन । पुल बने पछि आफुहरुलाई यात्रा गर्न सहज, कम समय लाग्ने स्थानीयहरू बत्ताउँछन् ।