Saturday, September 23, 2023

घोडाघोडीमा नेकपा माओवादी केन्द्रले आक्रमक रुपमा सङठ्न बिस्तार गर्दै

सुखड- कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका विभिन्न वडामा नेकपा माओवादी केन्द्र घोडाघोडिले आक्रमक रुपमा संगठन बिस्तार गरेको छ। घोडाघोडी नगरपालिकाकाको वार्ड न १,३,४,५,६,७,८,९ र १० मा २९ सदस्यीय वार्ड कमिटी गठन गरिएको हो ।विशेषगरी युवा बर्गको पार्टीमा आकर्षक बढेको र आगामी निर्बाचनमा बिजय हासिल गर्ने उदेश्यका साथ जनताका बिच पार्टी जाने नेकपा माओवादी केन्द्रका नेता खगेन्द्र हमालले बताए।
नेकपा माओवादी केन्द्रको पार्टी स्थायी समितिको निर्णय अनुसार स्थानीय निकायदेखिका पार्टी संरचनाको संगठनात्मक काम शुरु गरेको छ । अध्यक्ष प्रचण्डद्वारा सोमबार बिहान जारी स्थायी समितिको परिपत्र अनुसार साउन ३० गतेभित्र वडादेखि माथिका सबै स्थानीय तह गठन र पुनर्गठन गरी त्यसको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन निर्देशन गरिएको छ ।

परिपत्रमा महानगरपालिकाका वडा समिति बढीमा ४५ जना, उपमहानगरका वडामा बढीमा ३५, गाउँ, नगरपालिका वडा शाखामा २९, नगर टोलमा १९,पार्टी सेल समिति १५ जना नबढ्ने गरी कमिटीहरु गठन गर्न भनिएको छ । परिपत्रमा हरेक प्रदेशमा ७५ सदस्यीय विषेश प्रदेश समिति बनाउने गरी ठोस प्रस्ताव तयार गर्न नेता लीलामणि पोखरेललाई जिम्मेवारी दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *