डिमोक्रेसी सम्बादाता ,धनगढी असोज १३
कोतपर्व सम्पन्न गरेपछि जंगबहादुर कुँवरले सबै नातेदारहरूलाई दरबारमा भेला गरेर भनेका थिए रे…
“शासन त हाम्रो हातमा आयो तर यसलाई जोगाउन हाम्रा मान्छेहरू ठाउँ ठाउँमा जिम्मा लिनुपर्छ, अहिले हाम्रा आफन्त मान्छे नै छैनन्, पुगेका छैनन्। अरूलाई विश्वास गर्न सकिन्न।
अब तिमीहरूले यो जात त्यो जात भनेर नबस्नू, जुन जातको भए पनि जति सकिन्छ त्यति धेरै स्वास्नी बिहे गरेर धमाधम सन्तान जन्माउदै जानू। ती हाम्रा सन्तानलाई नै राज्यको विभिन्न अंगमा जिम्मा दिनुपर्छ अनि मात्र हामी सुरक्षित रहिरहन सकिन्छ।”
त्यसपछि भारदारहरूले जंगबहादुरको उपदेश शिरोपर गर्दै गए, जातपात भन्न छाडे, जो पाए पनि बच्चा जन्माउदै गए, दर्जनौँ पत्नी राख्दै गए। अनि क्रमस: ब्यभिचारको जन्म हुदै भयो। तिनका सन्तानहरू मुलुकभरि शासकीय पदमा राखिदै गयो। राणाहरूले आफन्तमार्फत यसरी १०४वर्ष यसरी राज्य चलाउन सके । त्यति गर्दा पनि अन्तत: १०४ वर्षको भन्दा बढी राणा शासन टिकेन। राणाकाल समाप्त भयो।
अहिले नवराणाकाल पुन: सुरू भएको प्रतीत हुन्छ।