Thursday, September 28, 2023

बालबालिका माथी हिन्सा र दानबिय व्यवहार बड्दो रुपमा मौलाउदै

दिपेन्द्र भट्ट ।

आमाबुबाको काखमा हासिखुसी रहने र कापी किताब लियर बिघालय जाने बाल्याबस्था उमेरका बालबालिकाहरु आज बलात्कृत र एसिड आक्रमण भइ हत्याको सिकार बनिरहेका छन।हिजो आज मानिसको दानबिय प्रवृत्तिको कारणले बजारमा आउने लुगा फाटोको फेसन जसरी नै बाल शोषण र हिन्सा बिकराल रुप लिइ मौलाउदै छ।

आफ्नो छोरि बैनी आमा सम्म नचिन्ने यी अधम पसुहरुले समाज र रास्ट्रलाइ नै कलन्कित बनायको छ।निर्दोष र पिडित जन्ताहरु बलात्कारि लाई फासि दे कार्वाही गर भनेर सामाजिक सन्जाल सडक देखि सदन सम्म गुहारिराखेका छ्न।तर पनि सत्य तथ्य न्यायको त कुरा छोडौ हामिहरु सहि सुचना पाउन सकिरहेका छैन्नौ।कहिले सम्म हामी असुरक्षित रहन्छौ,कहिले सम्म पिडितले न्याय पाउछ केही थाहा छैन।जब आसाहरु मरिसकेका हुन्छन तब प्रतीक्षा सुरु हुन्छ भनेझै पुरै रास्ट्र भरिका पिडित र शोशित बर्गहरु हाम्रा दिन कहिले आउछन भनेर प्रतीक्षा मै आफ्नो जीवन बेथित गरिरहेका छन।तर राज्यको बागडोर समालीरहेका शासकहरु,केही समाजसेबि भनाउदाहरु शिक्षित ब्यक्तित्व र न्यायालयका न्यायमुर्तिहरु बिकासको नाममा आफ्नो ब्यक्तिबादको सिद्धान्त अनुसार कमिसन सरकारी सम्पत्ती हस्तक्षेप र शोशितहरुका मुद्दा हरुमाथी लिलामिमा सर समान बिक्री गरे जसरी नै पैसा पावरको हतगण्डा अपनाइ राखेका छन।अहिले हजारौ मात्रामा बलात्कारका मुद्दाहरु अदालतका दराजमा थन्कियका छन।ती मुद्दाका कागजहरु पनि धमिराले गुड लगायर माटोमा बिलिन छन कि सुरक्षीत छ्न केही थाह छैन।बिहान घरबाट बजार वा बिधालय गयेकी छोरी बहिनिहरु जस्ता गयेका थिय उस्तै आउँछ या आउदैन त्यो पनि थाहा छैन।आखिर हाम्रो समाज यस्तो बिकराल अबस्थामा किन गयिरहेको होला।

बिपतमा बालअधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिबद्ध भन्ने मुल नारा लियर भाद्र २९ गते भब्यताका साथ बाल दिवस मनायौ बालअधिकारका कुरा गरेउ तर तेहि दिन सप्तरिमा यौटी बालिका बलत्कृत बनिन न्यायको लागि पहल गर्दा स्थानिय शिक्षित,समाजसेबी,गाउका मुख्या भनाउदाहरुको कारणले पछि आत्महत्या गर्न बाध्य भइन ति निर्दोस बालिका।अनि उक्त घटना नबितेको यकसातामै बझाङमा १२ बर्सकी कलिली बालिका बलात्कार पछि हत्याको शिकार बनिन। यी त यक उदाहरण मात्र हुन तर आजभोली समाचारको टाइमलाइनमा समाज र ब्यक्तित्वलाइ नै कलन्कित बनाउने दानबिय घटना भरियर आउछन।

पछिल्लो समयमा सामाजिक संजाल मार्फत विभिन्न प्रकारका शोशित पिडित र हिन्सा खेपिरहेका बालबालिकाका मुद्दा र समस्याहरु आय तर पनि उक्त घटनाहरुले फेसबुकमा fllowers र युटुबमा सस्क्राइबर बढाउनु सिवाय केही भयन। मात्र न्याय र हौसला पाउने अबस्थामा सामाजिक तिरस्कार पनि सहन बादय भय।तेसकारणले बालबालिकालाई उचित पोषण मनोचित व्यवहार,बामैत्री बाताबरण न्यायोचित अबसरको आबस्यकता पर्छ।
हिन्सा र शोशणमा परेका मानिसहरुले न्याय पाउनु पर्छ र दोशिलाइ हदै सम्मको कार्वाही गर्नुपर्छ न्यायलयमा कुनै राजनीति कुटनैतिक हस्तक्षेप नगरी निस्पक्ष तवरले कार्यान्वयन गर्न दिनु पर्छ। अनि मात्र सभ्य समाज र बिकसित समाजको आभास हुन्छ।नत्र यसै गति र प्रथामा चलिरहन्छ्न भने समय बाहेक केही परिबर्तन हुदैन। बलात्कार यसिड आक्रमण जस्ता जघन्य अपराध गर्नेलाई फासिको कानुन बनाइ पुर्ण रुपमा ब्यबहारमा कार्यान्वयन गर्नु पर्छ।सफलता कागजमा मात्र होइन व्यबहारमा पनि देखाउ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 2

Leave A Reply

Your email address will not be published. Required fields are marked *