Sunday, September 24, 2023

अध्यक्ष कर्ण थापाले भने, ‘मन्त्री बन्ने इच्छा छैन’

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले आफू मन्त्री बन्नको लागि इच्छा नरहेको बताएका छन् । उनले आज सामाजिक संंजालमार्फत आफ्नो मन्त्री बन्ने इच्छा नभई पार्टीमै लागेर पार्टीको लागि केही गर्ने सोच बनाएको जानकारी दिएका छन् ।

यस्तो छ अध्यक्ष थापाको स्टाटस :

मन्त्री परिषद पुर्नगठनको चर्चासँगै केही मिडियामा मेरो नामपनि लेखिएको पढे, सुने । मैले यो प्रतिनिधी सभाको अवघिभरी मन्त्री बन्ने कुनै इच्छा राखेको छैन । यस अवघिमा पार्टीकाममै लाग्ने सोच बनाएको छु । मन्त्री बन्ने बारेमा चर्चा परिचर्चा नगरीदिनको लागि सञ्चारकर्मि साथीहरुलाई अनुरोध गर्दछु । निर्वाचनमा पराजीत भएका वा निर्वाचन नै नचलडकेका कसैलाई पनि मन्त्री बनाउनु हुदैन। र , व्यक्तिस्वयमले पनि त्यस्तो इच्छा राखेर प्रधानमन्त्रीलाई असजिलो बनाउनु हुदैन भन्ने मेरो दृढ मान्यता छ । पटकपटक मन्त्री भईसकेकाहरुलाई पनि मन्त्री नबनाउदा राम्रो हुन्छ भन्ने पनि मेरो सुझाव रहेको छ । पद र सत्ताका लागि जे गर्न पनि तयारहुनाले मुल्यको राजनीतिमा प्रश्न चिन्ह लागेको सन्दर्भलाई सबैले महसुस गरौ । लोभ त्यागौ , मुल्यको राजनीतिको रक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 106

Leave A Reply

Your email address will not be published. Required fields are marked *