Thursday, September 28, 2023

बझाङकी सम्झना कामीका हत्या आरोपी सार्वजनिक

असोज १३,

बझाङ प्रहरीले सम्झना कामीको हत्या आरोपीलाई सार्वजनिक गरेको छ। सम्झनाको हत्या आरोपमा पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।
असोज ८ गते जिल्लाको मष्टा गाउँपालिका २ खिकालाकी १२ वर्षीया सम्झना कामीको हत्या भएको थियो। गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा फेला परेको थियो।

साथै राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको थियो। सोही ठाउँकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *