Thursday, November 30, 2023

सञ्चारिका समूह सुदूरपश्चिमको अध्यक्षमा चाँदनी आचार्य

सुखड, १६ मंसिर । सञ्चारिका समूह सुदूरपश्चिमको अध्यक्षमा चाँदनी आचार्य चयन भएकी छन्। समूहको बुधबार टीकापुरमा भएको अधिबेशनले अध्यक्षमा चादनी आचार्यलाई चयन गरेको हो ।

समूहको उपाध्यक्षमा सीता खनाल, सचिवमा गीता चौधरी, कोषाध्यक्षमा तृप्ती शाही, सह सचिवमा नन्दा महरा चयन भएका छन् । ९ सदस्यीय समितिको सदस्यमा नन्दा थापा, भावना पौडेल, गीता जोशी, पवित्रा खड्का चयन भएका छन् ।

समूहका अध्यक्ष दुर्गा देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो । सञ्चारिका समूहले पत्रकारितामा महिलाको संख्यात्मक र गुणात्मक वृद्धिका क्षेत्रमा काम गर्दै आएको छ । यसका साथै लैंगिक विभेद अन्त्य, महिला सहभागिता वृद्धि जस्ता कार्यमा सहजीकरण गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 97

Leave A Reply

Your email address will not be published. Required fields are marked *