२४ फागुन,सुखड । नेपाली काँग्रेस कैलालीमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सम्मान गरिएको छ । नेपाली काँग्रेस घोडाघोडी नगर कार्य समितिद्वारा ११२ औँ अन्तरािष्टय श्रमिक महिला दिवसको अवसर पारेर नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अभिनन्दन गरिएको हो । नगर सभापति बम बहादुर सिंहको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस कैलालीका नव निर्वाचित उप सभापति भीम बडूवाल रहनु भएको थियो । कार्यक्रममा वडा सभापति, क्षेत्रीय सभापति, पालिका सभापति, प्रदेश सभापति, प्रदेश महाधिवेशन प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत नेता तथा क्रियाशील कार्यकर्ताहरूको सहभागिता रहेको थियो । पाटीको आन्तरिक चुनावमा पराजित भए पनि त्यसलाई तिलको पहाड नबाउन नेताहरू आग्रह गरेका छन् । साना निता मन मुटाबलाई अन्त्ये गर्दे एकता बद्धको काँग्रेस बनाउन सबै लाग्नु पर्ने कार्यक्रममा बोल्ने नेताहरूको भनाई थियो । पार्टीलाई मजबुत र एक ढिक्का बनाउन, आउने निर्वाचनहरूमा पार्टीलाई कम्तीमा पनि दुई तिहाइ स्थानमा ल्याउन सबै लाग्नु पर्ने अधिकांश नेताहरूको भनाई थियो ।