सम्झाना कामीका हत्या आरोपी राजेन्द्र बोहराले मंगलबार राति हत्या आफैँले गरेको स्वीकार गरेका छन् । उनले मन्दिरभित्र रहेको त्रिशूलले हिर्काएर सम्झनाको हत्या गरेको स्वीकारेका हुन् ।
बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार पत्रकार सम्मेलन गरिसकेपश्चात राजेन्द्रले आफैँले हत्या गरेको स्वीकार हुन् । पत्रकार सम्मेलन गरि सार्वजनिक गर्दा उनलाई हिनताबोध भएर हत्या स्वीकार गरेको हुनसक्ने डीएसपी खड्काले बताए ।
डिएसपी खड्काले भने,ुहत्या आरोपित राजेन्द्र गयराति हत्या गरेको स्वीकार गरेका छ्न् । उनले सम्झनाको हत्या आफूले त्रिशूलले हानेर गरेको र उक्त हतियार मन्दिर छेउको एउटा रूखको जरामा लुकाइएको छ भनेर बयान दिएका छन् । अहिले उक्त हतियारसहित घटनास्थलमा खटिएको सीआईबीको टोली चैनपुर आउँदैछ ।ु
गत बुधबार राति ८:३० बजे सम्झना मष्टा दुई खिकालाबासीको पूज्य मन्दिर सिम मन्दिरभित्र अर्धनग्न अवस्थामा भेटिएकी थिइन् । उनी १२ वर्षीया बालिका हुन् । खिकालाकै मष्टा आधारभूत विद्यालय तोतीमा कक्षा ५ पास भएकी थिइन् ।
त्यस्तै, हत्यारा सार्वजनिक भएसँगै सम्झनाका आफन्तले पनि शव बुझेका छन् । हत्या भएको ८ दिनपछि आफन्तले जिल्ला अस्पतालबाट शव बुझेका हुन् । जिल्ला अस्पतालबाट सम्झनाको शव बुझ्दै गोरख कामीले दोषीलाई कारबाही हुन्छ भनेर आफूहरूले शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संर्घष जारी राख्ने बताए ।
मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको शव आफन्तले बुझ्ने सहमति भएको थियो । नेपाल सरकार गृहमन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफन्तलाई १० लाख रुपैयाँ दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामबहादुर सार्कीले बताए ।