तस्बिर ः घोडाघोडी बहुमुखी क्याम्पसको आठौं साधरण सभामा मुख्यमन्त्री त्रिलोचन भट्ट, आर्थिक मामिला मन्त्री अमर बहादुर साउँद , प्रदेश सभासदस्य बिरभान चौधरी लगायत ।
सुखड कैलाली
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले समय सुहाउदो शिक्षा आवश्यकता भएको र त्यसका लागि प्रदेश सरकार स्थानीय सरकारले साँझेदारिमा शिक्षामा लगानी लगाउनुपर्ने बताउनुभयो ।
घोडाघोडी बहुमुखी क्याम्पसको आठौं साधरण सभाको सनिबार उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले गएको पाँचबर्षमा शिक्षाका लागि स्थानीय सरकारले खासै कामगर्न नसकेको उल्लेख गर्नुभयो ।
‘भौतिक संरचना ,घेरबार, खेलकुद मैदान लगायतमा प्रदेश सरकारले लगानी गरेको छ , स्थानीय सरकारले खासै कामगरेको देखिदैन ,समय सुहाउदो शिक्षाका लागि अब साँझेदारी गर्नुपर्छ ‘ मुख्यमन्त्री भट्टले भन्नुभयो । परम्परागत सैदान्तिक शिक्षाले प्रमाणपत्र प्रदानमात्र गर्नेकाम गरेको बताउदै अवको आवश्यकता प्राविधिक शिक्षा रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘धेरै जनासंग डिग्रीको प्रमाणपत्र त हातमा होला ती प्रमाणपत्र धारीहरु कति जागिरे पनि भए होला ,जागिरे मानसिकताबाट अहिले सम्म शिक्षाप्रदान भैरहेको छ, समाजसेवा, समाज परिवर्तनका लागि योगदान दिने शिक्षाको खाचो छ ।’
मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा उच्चशिक्षामा धेरै शैक्षिक संस्थाको भएपनि ती शैक्षिकसंस्थामा परम्परागत शैक्षिक कार्यक्रममात्र सञ्चालन भएको बताउदै प्रदेशमा एउटा प्राविधिक शिक्षाको शैक्षिकसंस्थाको आवश्यकता भएको बताउनुभयो । उहाँले प्रदेशमा भएका शैक्षिक संस्थाहरु मध्यबाट एउटालाई प्राविधिक शिक्षा सञ्चालन गर्ने व्यवस्थागर्न प्रदेशसरकारी आगामी दिनमा सहयोग गर्ने समेत जानकारी दिनुभयो ।
घोडाघोडी बहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष शिद्ध आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभामा विशिष्टि अतिथि आर्थिक मामिला राज्यमन्त्री अमर बहादुर साउँद, प्रदेश सभा सदस्य बिरभान चौधरी, घोडाघोडी नगरपालिका नगरप्रमुख खडकबहादुर रावतलगायतले मन्तब्य राख्नुभएको थियो । साधरण सभामा तीन बर्षको क्याम्पसको आर्थिक तथा प्रगती प्रतिवेदन प्रश्तुत गरिएको थियो ।
उच्चमाध्यामिक तह देखि स्नातकोत्तर तहसम्म तीनहजार बढी विद्यार्थी अध्ययनरत् घोडाघोडी सामुदायिक क्याम्पसमा ४५६ विशिष्ट आजिवन र साधरण सदस्य रहेकाछन् । उक्त साधरण सभाबाट आगामी तीनबर्षका लागि क्याम्पस सञ्चालक समिति चयन हुने क्याम्पस प्रमुख विनोदकुमार खड्काले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा नमुना क्याम्पसको रुपमा छनौट भएको उक्त क्याम्पसले २०७६ सालमा विश्वविद्यालय अनुदान आयोगबाट गुण्(ास्तर सुनिश्चित प्रत्यायन प्रमाणपत्र (क्युएए) प्राप्तगर्न सफल भएको जनाइएको छ ।