Thursday, November 30, 2023

क्याम्पस संचालनका लागि बर्दगोरियामा तदर्थ समिति गठन

सुखड भदौ ६ गते । कैलालीको बर्दगोरिया गाउपालिकाको बौनियामा क्याम्पस संचालनका लागि गाउँपालिकाले पहल थालेको छ । उच्च शिक्षा अध्ययनका लागि गाउँपालिकामा क्याम्पसको आवश्यकता महशुस गरी गाउँपालिकाको पहलमा सोमबार सर्बपक्षिय भेलाको आयोजना गरि तदर्श समिति गठन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन कार्कीले जनाउनुभयो ।
गाउपालिका अध्यक्ष कर्ण कुँवरको अध्यक्षतामा भएको सर्वपक्षिय भेलाबाट बिष्णु चौधरीको संयोजकत्वमा ११ सदस्य क्याम्पस संचालनक लागि तदर्थ समिती गठन गरिएको हो ।
समितिको कोषाध्यक्षमा धिरज शाही,सदस्य सचिबमा चन्दा खरेल, सदस्यहरुमा अजय मल्ल, टंक राज ओली, मिलन ओलि , रेणु चौधरी ,बिमला शाह साउद रहनुभएको छ ।

यसैगरी पदेन सदस्यतर्फ गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट छ्न भने सल्लाहकार सदस्यतर्फ नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँकार्यसमिति सभापति कृष्ण विष्ट, नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी अध्यक्ष मधुकर सिजापती मगर, नेकपा माओवादी केन्द्रबाट बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद, राप्रपाबाट मित्र बहादुर घर्ती ,जनमोर्चाबाट मीरा आले मगर ,नागरिक उन्मुक्तिका जन्मदेव सन्ज्याल ,एकीकृत समाजवादीका लक्षी राम अधिकारी रहनुभएको छ ।
यसैगरी बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बम, मुडा बजार व्यवस्थापन समितिका लक्ष्मण सापकोटा ,समाजसेवी बुद्धिजीवीबाट भिम बहादुर कुवर, लालमणि जोशी, युवा तथा विद्यार्थी नेता जीवन बीसी, पुर्व गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुलाई समेत सल्लाहकार सदस्यमा राखिएको छ ।
भेलामा उपस्थित विभिन्न राजनितिक पार्टीका नेताहरुले क्याम्पस संचालनका लागि सबै एकजुट हुन आवश्यक रहेको बताएका छन् ।
पालिकामा क्याम्पस नहुदा यहाँका विद्यार्थीहरु छिमेकी नगरपालिकाका क्याम्पस धाउन बाध्य भएको जनाउदै अध्यक्ष कुँवरले पालिकामै क्याम्पस सञ्चालनगरी स्थानीयलाई सर्वसुलभ उच्चशिक्षा प्रदानगर्ने कार्यका लागि क्याम्पस सञ्चालनका लागि पहल थालिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 3

Leave A Reply

Your email address will not be published. Required fields are marked *