Thursday, November 30, 2023

घोडाघोडीमा थारु सास्कृतिक कार्यक्रम हुने

१२ असोज,सुखड । लोप हुँदै गइरहेको यहाँको थारु संस्कृति परम्परा संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर २ को युवा तथा बड्घर समितिले आयोजना गर्न लागेको कार्यक्रममा थारु,संस्कृति परम्परा, रहनसहन भेसभुसा र चालचलनको विषयमा जानकारी गराइने छ । 

बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा आगामी १६ गते साडेपानीको सभा हल बाहिर खुल्ला स्थानमा कार्यक्रमको आयोजना गरिने जानकारी दिइएको हो । यहाँ लोप हुँदै गइरहेको ,सखिया, हुर्दुंवा होरी, मुंग्रैहवा लगायतका नृत्यहरू प्रस्तुत गरिने छ । थारु पोसाकको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रममा सहभागी थारु समुदायका नागरिकहरूले पनि आ–आफ्नो पोसाकमा सजिएर कार्यक्रम हेर्न आउने सल्लाहकार शङ्कर डगौरा जानकारी दिए ।

‘हाम्रो ,संस्कृति परम्परा, रहनसहन भेसभुसा र पोसाक लोप हुँदै गइरहेको छ’ पत्रकार सम्मेलनमा उनले भने हामी ‘ती सबैको प्रवर्द्धन गर्न कार्यक्रमको आयोजना गर्न लागेका हौँ ।’ मनि राम चौधरी, समीक्षा चौधरी लगायत कलाकारहरूको पनि प्रस्तुति रहने उनले जानकारी दिए ।  थारु समुदायका नागरिकहरूलाई मात्र लाग्ने  सिखलसेल एनेमियाको बारेमा पनि कार्यक्रम मार्फत जानकारी दिने र त्यसको रोकथाम गर्न चेतना मूलक नाटक पनि प्रदर्शन गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

Leave A Reply

Your email address will not be published. Required fields are marked *