Thursday, September 28, 2023

अति बिपन्न परिवारका लागि सहयोग अभियान तिब्र पार्दै घोडाघोडीका युवाहरु

१५ असोज कैलाली –कोभिड १९ कोरोनाको मारमा परेका अति विपन्न परिवारलाई घोडाघोडी नगरपालिकाका केहि स्थानीय युवाहरुले राहत बाढ्ने कार्यक्रम ल्याएका छन् । ‘केही नहुनेहरूको लागि हामी छौ’ अभियान सुरु गर्दै उनीहरूले राहत बितरण गरिरहेका हुन् ।

केहि रकम आफै र केहि दाताहरुको सहयोगमा राहत बढिरहेको उनीहरुको भनाइ छ ।

उनीहरूले स्व स्फूर्त समूह बनाएर राहत बढिरहेका छन् । समूहमा घोडाघोडी बहुमुखि क्याम्पसका पूर्व प्राचार्य लक्ष्मीप्रसाद भट्टराई, राष्ट्रिय कलेजका प्राचार्य कर्ण भण्डारी, घोडाघोडी उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष होम आचार्य व्यापारी ठक्मन बोहरा र बिद्यार्थि धमेन्द्र विष्ट रहेका छन् । 

उनीहरूले अहिले सम्म १० परिवारलाई राहत बाढेको जनाएका छन् ।  बर्दगोरीगा गाउँपालिकामा अति विपन्न एक परिवारबाट उनीहरूले सहयोग कार्यक्रम सुरु गरेका हुन् ।

वैदेशिक रोजगारीमा गएका बेला श्रीमान्को मृत्यु भएपछि बिचल्लीमा परेको नपर्ता बिकको परिवारलाई ४१ हजार रुपैयाँ सहयोग गरेका थिए । 

‘३१ हजार हाम्रै पहलमा इन्द्रेणी कार्यक्रम र १० हजार हामीले सहयोग गरेका हौँ’ लक्ष्मि प्रसाद भट्टराईले भने ‘उक्त रकमले उनलाई निकै ठुलो सहयोग भएको छ ।’

स्थानीयको समूहले घोडाघोडी नगरपालिका ५ मा केहि दिन अघि ६ परिवारलाई १८ हजार बराबरको  खाद्यान्न सहयोग गरेको भट्टराईले बताए । साइप्रसमा रहेकी जानकी बोहराले रकम पठाएपछि आफूहरूले सहयोग गरेको उनले बताए ।

बिहीबार उनीहरूले घोडाघोडी नगरपालिका ५ मा रहेकी आइते दमाई र सरूँ टमट्टाको परिवारलाई पनि १० हजार बराबरको राहत दिएको छ । उक्त रकम चितवनबाट बालकृष्ण बर्तौलाले सहयोग गरेका थिए । 

केही नहुने हरूको लागि हामी छौ भन्दै सुरु गरिएको अभियानमा जोडिने क्रम बढेको घोडाघोडी उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष होम आचार्य बताए । 

‘अझै धेरै व्यक्ति २ छाक सहज ढंगले खान पाएका छैनन्’ उनले भने ‘हामीले धेरै भन्दा धेरैलाई राहत बढ्ने योजना गरेका छौँ, हेरै सहयोग कतिको मिल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *