Thursday, June 1, 2023

ताप्लेजुङमा २२ प्रतिशत मत खस्यो

हिमाली जिल्ला ताप्लेजुङमा अहिलेसम्म करिब २२ प्रतिशत मत खसेको छ। दिउँसो २ बजेसम्म २१.७७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी महेश पोख्रेलले जानकारी दिए।उनका अनुसार जिल्लामा अहिलेसम्म सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको छ। यता, ६७ मतदाता रहेको ग्याव्ला मतदान केन्द्रमा १९ मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दिनेश खनालले बताए।एक प्रतिनिधिसभा र दुई प्रदेश सभा रहेको ताप्लेजुङमा ८८ हजार २८५ मतदाता रहेका छन्। जिल्लाका ७५ स्थानमा १ सय २३ मतदान केन्द्रमा अहिले मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *