Saturday, September 23, 2023

रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको वडा न. ४ मा एक युवती मृत फेला



असोज १६, अखिलेश यादव

रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको वडा न. ४ हरैया पल्टुवमा घास काट्न गएकी १६ बर्षिय एक युवतीको हत्या गरिएको छ ।
रौतहट जिल्लाको गढ़िमाई नगरपालिकाको वडा न. १ बस्ने स्थानीय सिताराम साहको छोरी अन्दाजी १६ बर्षिय युवती हाल वृन्दावन नगरपालिकाको वडा ४ हरैया पल्टूवा मामा घर बस्दै आएकी संझा साह कानुको हत्या भएको जिल्ल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

शुक्रबार बिहान १० बजे तिर घास काट्न गएकी संझा बेलुका सम्म घर नफर्के पछि खोजतलास गर्दा उनको शव नजिकैको उखुबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
युवतीलाई बलात्कार गरि हत्या गरिएको हुन् सक्ने आशंका गरिएको छ। उनको शव नग्न अवस्थामा फेला परेको प्रहरीले जानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *