Monday, September 25, 2023

प्रदेश नं. ५ को राजधानी कपिलबस्तु हुनु पर्ने माग गर्दै टायर बालेर प्रदर्शन

असोज १६,
नेपालको प्रदेश नं. ५ को राजधानी कपिलबस्तु हुनु पर्ने माग सहित कपिलबस्तुमा प्रदर्शन भएको छ । जिल्लाको विभिन्न ठाँउ चोक, चौरहाहरुमा प्रर्दशनकारी हरुले सरकार विरुद्ध विभिन्न नाराबाजी सहित टायर वालेर प्रर्दशनमा उत्रिएका छन ।

प्रदेश नं. ५ को स्थायी राजधानीका लागि दाङको भालुवाङमा रहने गरी प्रदेश सभामा प्रस्ताव गरे संगै उक्त विरोध प्रर्दशन गरिएको प्रर्दशनकारीले बताउँछन् । उनीहरुले प्रदेश नं. ५ को राजधानी कपिलबस्तु बनाउनु पर्छ र यदि सरकारले प्रदेश नं. ५ को राजधानी कपिलबस्तु जिल्लालाई नबनाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *