डेमोक्रेसी कैलाली संवाददाता, असोज १७ कैलाली,
नेकपा घोडाघोडी नगर कमिटीद्वारा घोडाघोडी नगरक्षेत्र भित्र भईरहेका बिभिन्न अपराधीक गतिबिधी लाई न्युनिकरण तथा अपराधिक गतीबिधीमा संलग्नलाई तत्काल कारवाहीको माग गर्दै प्रेस बिक्षप्ती जारी गरीयको छ ।
यस नगरक्षेत्रभित्र भईरहेका बलात्कार, हत्या,हिंसा तथा नागरीकमाथि भईरहेको असुरक्षाको तत्काल पहीचान गरी कार्वाही प्रकृया अगाडी बढाउनु पर्ने माग गर्दै यथासिघ्र यस्ता गतीविधीमा संलग्नलाई कार्बाही गर्नुपर्ने माग गरीयको छ ।
बिगत केही समयदेखी नगर प्रमुख माथि भयको आक्रमण प्रयास, पत्रकार निर्मला पहराई को रहस्यमयी हत्या प्रकरण पद्मा बटला हत्या प्रकरण, सरकारी गाडीमा आगजनी , बलत्कारी बाबुलाई कार्वाही प्रकृयामा नल्याउनु ले सम्पुर्ण नगरबासीलाई प्रहरी प्रशासन प्रती ससंकित बनायको बताईयको छ ।
यसैगरी नगर भित्र भईरहेका बिभिन्न अपराधिक घटनाहरुको तत्काल छानबिन गरी कानुनि दायरामा ल्याउन संम्बन्धित निकायको ध्यानआकर्सण गराईयको छ ।
घोडाघोडी नगर कमिटी अध्यक्ष बाॅंधुराम चौधरी र घोडाघोडी नगर सचिव खगेन्द्र हमालको संयुक्त हस्ताक्षरीत बिज्ञप्तीमा पिडीतलाई न्याय र अपराधीलाई कार्वाहीको प्रकृयामा ल्याउनु पर्ने माग गर्दै यदी संम्बन्धीत निकायले बेवास्ता गरेमा अन्य विकल्पको समेत खोजीगरीने बताईयको छ ।
यस्ता अपराधिक गतीविधीको प्रहरी प्रशासनले अग्रसरताका साथ काम गर्नु पर्ने र सम्पुर्ण नगरबासीलाई शान्तीसुरक्षाको अनुभुति दिलाउन पनी संम्बन्धित निकायको ध्यान आकर्सण समेत गराईयको छ ।
