Thursday, November 30, 2023

टोपबहादुर रायमाझीलाई खोजिरहेका छौँ, भेट्टाएका छैनौँ : रुपन्देही प्रहरी प्रमुख विक

पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरीको खोजी सूचीमा छन् । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको रायमाझीमाथि आरोप छ ।

बुधबार पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । पक्राउ पुर्जी जारी भएको जानकारीसँगै उनले काठमाडौँ आउने प्लेनको टिकट क्यान्सिल गरेका थिए ।


नक्कली शरणार्थी प्रकरणमा रायमाझी बुधबार राति ९ बजे सभामुख देवराज घिमिरेसँगै काठमाडौँ आउने तयारी भएपनि उनी आएनन् । प्रहरीले काठमाडौँमा उत्रिनेबित्तिकै पक्राउ गर्ने तयारी गरेको रायमाझीले सूचना पाएपछि टिकट क्यान्सिल गरेका थिए ।

रुपन्देहीका एसपी तथा प्रहरी प्रमुख भीमबहादुर विकले रायमाझीको खोजीकार्य तीब्र रुपमा भएको जानकारी दिए । ‘खोजीकार्य तीब्र रुपमा अगाडि बढेको छ’ विकले इकागजसँग भने ‘अहिलेसम्म भेटिएको छैन ।’

रायमाझीको मोबाइल पनि अफ छ । उनी भैरहवातिर लुकेको आशंका प्रहरीले गरेको छ । रायमाझीलाई खोज्‍न प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा प्रहरी खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 97

Leave A Reply

Your email address will not be published. Required fields are marked *