कैलाली जिल्ला को सुखडमा अवस्थीत चर्चित घोडाघोडी हस्पिटल र इन्फिनिटि लघुवित्त वित्तिय संस्था लिमिटेडबीच स्वास्थ्य सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।
मंगलबार अस्पतालका अध्यक्ष चिरन जोशी र लघुवित्तका तर्फबाट सुदुर पश्चिम प्रदेश अन्तरगत अनुगमन कार्यलय अतरिया का अनुगमन अधिकृत डिल्ली राज जोशी बीच उक्त सम्झौता भएको हो ।
अब लघुवित्त संस्थाका कर्मचारी, ग्राहक सदस्य र सदस्यका परिवारहरुले अस्पतालबाट पाइने सेवा सुविधामा विशेष छुट पाउने छन् ।
त्यसका लागि संस्थाले आफ्ना सदस्य वा कर्मचारीलाई परिचय पत्र वा पहिचान खुलाउने अभिलेख उपलब्ध गराउने छ ।
अस्पतालले समय सापेक्ष छुट सुविधामा परिवर्तन गर्ने भएकाले परिवर्तन भएको सुविधाको बारेमा संस्थालाई लिखित रुपमा जानकारी गराउनु पर्नेछ । साथै सो सम्झौता गर्दा खेरी रोहवरमा इन्फिनिटी लघुवित अत्तरिया शाखाका शाखा प्रमुख भरत बहादुर महरा र हस्पीटल का तर्फ बाट MD डा एम य शेख रहनु भएको थियो । भनि सस्था का अनुगमन अधिकृत डिल्ली राज जोशी ले बताए ।

