Thursday, November 30, 2023

सनराईज बैंकद्वारा शुद्दखानेपानी प्रशाेधन मेसिन क्याम्पसलाई सहयाेग

जेठ ४ कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा शाखा रहेको सनराइज बैङ्कले घोडाघोडी बहुमुखी क्याम्पसलाई शुद्ध पिउने पानी प्रशोधन गर्ने मेसिन हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सनराइज बैङ्क सुखड शाखाले उक्त मेशिन घोडाघोडी बहुमुखी क्याम्पसलाई हस्तान्तरण गरेको हो ।

सनराइज बैङ्कका डिजिएम रबिन कुमार नेपाल सहितको टोली क्याम्पसमै पुगी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष विष्णु सापकोटा र क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईलार्ई पानी शुद्धीकरण मेशिन हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्व बोध गरी विद्यार्थीहरूलाई शुद्ध पानी पिउन पाउन भन्ने उद्देश्यले शुद्ध पिउने पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको बैङ्कका डिजिएम रबिन कुमार नेपालले बताए । उनले देशभर सनराईज बैंककाे १३९ वटा शाखा रहेकाे जनाउदै सामाजिक क्षेत्र बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने गरेकाे बताए ।

व्यवस्थापन समितिका अध्यक्ष विष्णु सापकोटाले विद्यालयलाई शुद्धीकरण मेशिन हस्तान्तरण गरेकोमा आभार  व्यक्त गरे । मेशिन हस्तान्तरणले क्याम्पसमा शुद्द पानी पिउने समस्या हल भएकाे छ ।

शुद्ध पिउने पानी प्रशोधन गर्ने मेसिन हस्तान्तरण कार्यक्रममा क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष विष्णु सापकोटा, सनराइज बैङ्कका डिजिएम रबिन कुमार नेपाल, सनराइज बैङ्ककाका प्रदेश प्रमुख सुरेन्द्र शाही, सुखड शाखा प्रमुख ज्ञानु आचार्य, क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराई लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 7

Leave A Reply

Your email address will not be published. Required fields are marked *