Thursday, June 1, 2023

घोडाघोडी मन्दिरमा हुने गतिविधिका लागि नियमित स्रोत हुनुपर्छ

सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले घोडाघोडीमा हुने धार्मिक खर्च धान्न नियमित स्रोत हुनुपर्ने बताउनु भएको छ ।
शुक्रबार विराट सनातन धर्म संकृति संरक्षण सम्वद्र्धन प्रतिष्ठानको १६औं साधरण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि शाहीले प्रदेश सरकारसंग सबै क्षेत्रका लागि पर्याप्त बजेटको अभाव रहेको जनाउदै नियमित स्रोत स्थानीयरुपमा हुनुपर्ने बताउनुभयो ।
साधरण सभामा प्रतिष्ठानका अध्यक्ष गोविन्दराज जोशीले एकप्रतिवेदन प्रश्तुत गर्दै मन्दिरमा नियमति हुने पुजापाठ , विबाह, बर्तबन्ध लगायतका कर्मकाण्डको आम्दानीले नै मन्दिरमा २६ जना बटुकको निशुल्क शिक्षा, आवास, खानाको व्यवस्था गरिदै आएको बताउनुभयो ।
२०५७ सालमा स्थापना भएको प्रतिष्ठानद्धारा २०६० सालदेखि बेदविद्याआश्रम सञ्चालनमा आएको थियो । अहिले आश्रममा कक्षा १२ सम्म संस्कृत तथा बेदको पढाई हुने गर्दछ ।

नियमित आम्दानीको स्रोत नहुदा अहिले आश्रम सञ्चालनमा समस्या रहेको आश्रमका प्रचार्य दुखेसो गर्नभएको थियो । प्राचिन धर्मशास्त्रमा आधारित वेद,पुराण,कर्मकाण्ड लगायतका शिक्षा विभिन्न ठाउँबाट आएका बालबटुकको गास,बास,कपास , पठनपाठनमा निरन्तरता दिनस सरकारको सहयोगको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभएको थियो ।
कर्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष राधा पाण्डेले चारलाख ३६ हजार १५२ रुपैयाँको बार्षिक आर्थिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।

आर्थिक प्रतिवेदनका अनुसार बिवाह संस्कारबाट एकलाख ६५ हजार, मेलापर्वबाट ९४ हजार, पुजापाठबाट ६५ हजार बार्षिक आम्दानी भएको छ । साधारण सभामा प्रतिष्ठानका पदाधिका्रीहरुले मन्दिरमा हुने विभिन्न बिवाह, वर्तवन्ध लगायतका कार्यमा आउने भक्तहरुका लागि घाम पानीबाट ओटलाग्ने ट्रष्ट निर्माणका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको भन्दै आर्थिक मामिला मन्त्री शाहीलाई ध्यानार्कषण गराएका थिए । घोडाघोडी मन्दिर परिसरमा २०५१ सालमा राष्ट्र गुरु योगी नरहरीनाथले एकमहिना सम्म कोटीहोम लगाउनुका साथै गौशाला निर्माण गर्नु भएको थियो । जुन होमकुन्ड सुरक्षित राखिएको छ । होमकुन्डको संरचना भने जिर्ण भएको भन्दै पुर्ननिमार्ण हुन नसकको जनाइएको छ ।
कर्यक्रममा गुरुकुल भवन निर्माणमा प्रदेश सरकारका पूर्व आर्थिक मामिला राज्यमन्त्री अमर बहादुर साउदको महत्वपूर्ण सहयोग रहेको भन्दै प्रतिष्ठानले सम्मान गरेको थियो ।
कर्यक्रममा पूर्व आर्थिक मामिला राज्य मन्त्री अमर बहादुर साउद, विश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष राजप्रसाद जोशी, समाजसेवी शिवप्रसाद ढकाल,मैनादेवी ढकाल, प्रेमकुमारी थापा,मनराज शाही लगायतले मनतब्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 94

Leave A Reply

Your email address will not be published. Required fields are marked *