Saturday, September 23, 2023

पहिरोका कारण अवरुद्ध भिमदत्त सडक सञ्चालनमा आएन

सोमबार राती अविरल बर्षाका कारण कैलालीको चुरे पहाडमा भासिएको भीमदत्त राजमार्ग मङगलबार सम्म खुलेको छैन । मर्मतको काम नसकिएपछि सडक अवरुद्धनै रहेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ को बुढीतोलास्थित भीमदत्त राजमार्ग पहिरोका कारण भासिएकोमा मर्मतको काम नसकिएको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार सडक भासिएको ठाउँसम्म डोजर पुगेको छैन। भासिएको ठाउँ भन्दा अत्तरिया तिर पनि पहिरो भएकाले सडक मर्मतमा समय लागेको हो। मंगलवार साँझ फेरि वर्षा सुरु भएको छ। वर्षाका कारण पहिरो हठाउने काम रोकिएको छ।
अवरुद्ध सडक सञ्चालनमा ल्याउन तीन वटा डोजरले काम गर्दै छन्। सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग नै भासिएपछि मंगलवारबाट तराई र पहाडको यातायात अवरुद्ध भएको छ। यात्रुहरु पैदल हिडर यातायातका साधान भएको ठाउँसम्म जाने गरेका छन्। बुढीतोला क्षेत्रमा भासिएको सडकबाट मान्छे पनि हिड्न सक्ने अवस्था छैन्। बुढीलोलास्थित बाख्रा फार्मभन्दा करिब ३ सय मिटर दक्षिण अत्तरियातर्फ भावर भन्ने ठाउँमा पहिरो खस्दा सडक भासिएको हो ।
पहिरोले अवरुद्ध सडक खोल्न मंगलवार बिहानबाटै सडक डिभिजनको गोदावरीस्थित हेवी इक्पिमेण्ट डिभिजनका उपकरण तथा प्राविधिकहरु खटिएका छन्। तर, वर्षाका कारण सडक खोल्ने काममा बाधा आइरहेको छ ।
बुढीतोला र अत्तरिया दुबैतर्फबाट भारी उपकरणको प्रयोग गरेर छिटोभन्दा छिटो सडक सुचारु गर्ने प्रयास भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले बताएको छ। जमिनमुनी पनि पानीको अत्यधिक मात्रा रहेको हुनाले एकतर्फी यातायात चल्न सक्ने गरी सडक मर्मत गर्न समेत कठीन हुँदैछ। पहिरोका कारण जमिनमुनी ठूला ढुंगा र रुख रहेकाले पनि समस्या भइरहेको हो।
बुधवारसम्म एकतर्फी यातायात सञ्चालन हुने दाबी गरिएको छ। तर, मंगलवार साँझ वर्ष सुरु भएकाले अझै समस्या हुने देखिएको छ। यातायात सुचारु गर्न समय लाग्ने देखिएमा वैकल्पिक पदमार्गको प्रयोग गरेर यात्रुलाई पैदल हिड्दै यातायात भएको ठाउँसम्म ल्याउने र गन्तव्यमा पुर्याउने काम हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 3

Leave A Reply

Your email address will not be published. Required fields are marked *