बालकृण ॥ काठमाडौं।
नेपाली गितसंगीत क्षेत्रमा “राई ईज किगं” उपनामले चिनिनुभएका बरिष्ठ गायक तथा संगितकार राजेशपायल राईले हिजो साझं फेसबुकमा एक स्टाटस लेख्दै भने “एक होनाहार कर्मठ युबा अब जिताउने हाम्रो जिम्मा” भोट फर रबिन दाई ॥ हो गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को एघारौं बिश्व सम्मेलन आउँदो अक्टोबरमा काठमाडौंमा आयोजना हुने मिति नजिकिँदै गर्दा र संसार भरबाट आकांक्षीहरुले उम्मेदवारीको घोषणा गर्ने क्रम बढ्दै गएको परिबेसमा राजेश पायल राईको उक्त फेसबुक स्टाटस आएको हो ।
आईसीसी नेटवर्कमा पुग्न र एनआरएनए अभियान नेतृत्वका लागि अहिले विश्वभरि छरिएर रहेका नेपालीहरुले आ- आफ्ना एजेन्डाहरु सार्वजनिक गर्दै बिभिन्न पदका लागि उम्मेदवारीको घोषणा गरिरहेका छन् ।उम्मेदवारी घोषणाको लहरमा उभिएकामध्ये रोबिन प्रसाद शेरचन पनि एक हुन् । उनले बिगत ३५ बर्ष देखी जापानमा बसेर व्यवसाय गर्दै आइरहेका नेपाली समाजका सामाजिक एवम् परोपकारी क्षेत्रमा पनि क्रियाशील रहेका विश्वभरि रहेका नेपालीमाझ परिचित नाम हो रोबिन प्रसाद शेरचन, आईसीसीको आगामी २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्षमा जापान बाट उम्मेदवारीको घोषणा गरेका उनी हालको कार्यसमितिका एनआरएनए आईसीसी सदस्य हुन् । एनआरएनए स्थापना हुनुपूर्व पनि विभिन्न सामाजिक कामहरु गर्दै आएको उनी कुनै पनी संघ संस्थामा आवद्ध थिएनन् तर पनि निस्वार्थ भावनाले सेबा गर्ने, आत्मसन्तुष्टि को लागि कामगर्ने प्रवृतीका कारण जापानको नेपाली सामाज माझ उनी निकै सक्रिय र अन्तिम सहयोग दाताको रूपमा समेत सबैले लिने बैकल्पिक नाम हो ।
एनआरएनए विश्वभर फैलिएको नेपालीहरूको एक विशुद्ध गैर राजनीतिक संस्था भएको तथा परदेशमा बसेर नेपाली समुदायका लागि अन्तर्राष्ट्रिय स्तरमा निस्वार्थ सेवा गर्ने उद्देश्यले एनआरएनए रोजेको रबिनले हामीलाई बताए । यहाँ जोडिएर संस्थागतरुपमा नेपाल र नेपालीका लागि निश्वार्थ रुपमा व्यापक काम गर्न सकिन्छ। त्यसैले विश्वभर रहेका मेरा शुभचिन्तक तथा साथीभाईहरुको समेत सल्लाहका कारण मैले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ’। उनले भने
विश्वभरी रहेका नेपालीहरुको छाता संगठन मानिएको एनआरएनए आफ्नो उद्देश्य अनुरूप सामाजिक परोपकारी संस्थाको रुपमा अगाडि बढ्नु पर्ने हो तर त्यसो हुन सकेको छैन । विदेशमा रहेका नेपालीहरु मध्ये बौद्धिक, दक्षता भएका, युवा लगायत ठूलो संख्या संघको घेराभित्र अटाउन सकेका छैनन् । तिनीहरूलाई सङ्घको घेराभित्र ल्याउनुपर्नेछ। सबैले अपनत्व महशुस गर्नेगरी काम गर्नुपर्नेछ, राजनीतिक हस्तक्षेपको सामना गर्नुका साथै फेरि एकपटक संस्थाको गरिमा उच्च बनाउनको लागि निस्वार्थ सेवा भावका साथ कार्य गर्ने नेतृत्व चयन गर्नका लागि सबैमा अपिल गर्न चाहन्छु।रबिन शेरचन द्बारा जारी अपिलमा भनिएको छ ॥