Thursday, November 30, 2023

गोपालदास पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार निर्मला शर्मालाई

काठमाडौँ —  प्रेस काउन्सिलले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । काउन्सिलले दिने सबैभन्दा ठूलो यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ छ  ।

काउन्सिलबाट उक्त पुरस्कार पाउने शर्मा पहिलो पत्रकार महिला हुन् ।काउन्सिलका पूर्व अध्यक्ष स्वर्गीय गोपालदास श्रेष्ठको योगदानको स्मरणमा यो पुरस्कार स्थापना भएको हो ।

करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा काम गर्दै सामाजिक रुपान्तरण, लैंगिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम उठाउँदै आए वापत् काउन्सिलले शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

२०५२ साल देखि विभिन्न मिडिया काम गर्दै आएकी शर्मा पछिल्लो समय समकोण टिभी कार्यक्रमको उत्पादक तथा प्रस्तोता हुन् । उनले श्री सगरमाथा र एभरेष्ट हेराल्ड राष्ट्रिय दैनिक पत्रिकाको रिपोर्टर, रेडियो नेपाल र रेडियो नेपालको घटना र बिचार कार्यक्रमको रिपोर्टर, त्यस्तै गरि सारथी साप्ताहिक, रेडियो सगरमाथामा लामो समय रिपोर्टर भई काम गरेकी थिइन् ।

रेडियो कान्तिपुर, उज्यालो एफएममा पनि दुई वर्ष साप्ताहिक रुपमा कार्यक्रम चलाउनुभएका शर्माले पोखराबाट प्रकाशन हुदै आएको आदर्श समाज दैनिकको संवाददाता भएर केही बर्ष काम गरेकी थिइन् । उनी खोज पत्रकारिता केन्द्रको उपाध्यक्ष, दक्षिण एशियाली पत्रकार महिला सन्जाल (स्वाम) नेपालको अध्यक्ष र नेपाल पत्रकार महासंघको सल्हाहकार पनि छन् ।

प्रेस काउन्सिल स्थापनाको ५४ वर्ष पुगेको अवसरमा असोज ६ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नेछन् ।

काउन्सिलले वर्षेनी दिने अन्य पुरस्कार र सम्मानहरुको पनि घोषणा गरेको छ । काउन्सिलले यसवर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका पत्रकार दमन राईलाई दिने निर्णय गरेको छ । अन्य पुरस्कृत र सम्मानित हुने पत्रकारहरुको सूची पनि काउन्सिलले सार्वजनिक गरेको छ ।

कान्तिपुरकर्मीहरु जगदीश्वर पाण्डे र वीरेन्द्र केसीले युवा पत्रकारिता पुरस्कार, दामोदर न्यौपानेले ‍क्रियाशील पत्रकारिता पुरस्कार, गगनशीला खड्काले महिला सशक्तिकरण पुरस्कार र सन्तोष सिंहले समावेशी पत्रकारिता पुरस्कार पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 97

Leave A Reply

Your email address will not be published. Required fields are marked *