सेप्टेम्बर २४ । काठमाडौं
आसन्न एनआरएनएको चुनाबी सरगर्मी प्रबासमा बढे संगैं यस संग सम्बन्ध राख्ने बिभिन्न सार्वजनिक ब्यक्तित्वहरूले समेत आआफ्नो धारणहरू र पक्ष बिपक्षमा सामाजिक संन्जालमा आआफ्नो बिचार ब्यक्त गरिरहेका छन् र हाम्रो भन्दा राम्रो लाई सपोर्ट गर्न सार्वजनिक अपिल समेत गरिरहेका छन् ॥ यसै बिच चर्चित गायक बिजय लामाले जापान बाट उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रविन प्रसाद शेरचनलाई संसार भरका गैर आवासिय नेपालीहरूले भोट गरेर जिताउन फेसबुक स्टाटस समेत लेखेका छन् । उनी लेख्छन् ।
“ मेरो अत्यन्तै प्रिय दाइ जापान शहरको सफल व्यावसायी, समाज सेवामा सधै जिवन समर्पित गर्नु भइ र परदेशमा हरेक नेपालीको दुखको साथी प्यारो दाइ रबिन शेरचन ज्युलाई यसपालिको NRNA ICCको उपाध्यक्ष पदमा तपाईहरुको अमुल्य मत दिएर बिजय गराउन हुन तपाईं हरुमा मेरो विनम्र अनुरोध गर्दछु प्रिय दाई लाई अग्रिम शुभकामना Best wishes dear dai ॥
लामाले लेखेका छन् ।
सन् १९८८ मा उच्च शिक्षाको लागि विद्यार्थी भिषामा जापान प्रवेश पुगेका रोबिन प्रसाद शेरचन टोकियोमा रहेका नेपालीहरूमध्येका होटल तथा रेष्टुरेण्ट व्यवसायमा स्थापित नाम हो ।
उनी दुई दशकभन्दा लामो कडा मेहनत र निरन्तरको लगावले जापानमा नेपाली र जापानिज समाजमा चिरपरिचित सफल व्यवसायीका रूपमा हुनुहन्छ ।
विगत दुई दशक यता जापानमा संघ–संस्था तथा कम्पनीहरूले आयोजना गर्ने विभिन्न सांस्कृतिक कार्यक्रमहरू सफल पार्न, नेपालमा हुने प्रकृतीक विपत्तिमा आर्थिक सहयोग गर्न, आपत् बिपद् मा परेका नेपालीहरूलाई आवश्यक सहयोग गर्ने प्रमुख सहयोगी हात (दाता)का रूपमा समेत उनलाई सबैले प्राथमिकतामा साथ पहिलो सूचीमा राख्ने गर्दछन् ।
समग्रमा भन्नुपर्दा उहाँ जापानमा रहेका नेपाली समाजको आर्थिक पक्ष बलियो पार्ने सशक्त हतियार तथा सबैको प्रेरणाका स्रोत हुन् भने ठूलो संख्यामा नेपालीहरूलाई रोजगारीदिने प्रमुख रोजगार दाता समेत हुन् ।
आपत बिपद् को समयमा सँधै आफ्नो थैली खोलेर मनग्ये सहयोग गरेपनि त्यो दिगो नहुने र त्यस्तो क्रमले भबिष्यमा नेपाली समुदायहरूमा आईपर्ने ठूला समस्याको दिर्धकालिन समाधान नहुने कुरा मनमा केही समययता खड्कँदै आएको बताए ।‘अब संस्थाहरुले सहयोग बटुलेर बाँड्ने मात्र होइन, आफैं सक्षम संस्था निर्माणमा लाग्नुपर्छ भन्ने अनुभूति भएपछि एनआरएनए आईसीसीमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ,’ शेरचनको भनाई छ ।
गैरआवासिय नेपाली संघ जापानको सल्लाहकार रहेका शेरचनले यसअघि मानार्थ सदस्यमा र आईसीसी सदस्य रहेर पनि भूमिका निर्वाह गरिसकेका छन् ।
‘मैंले एनआरएनए अभियानमा लागेर कमाउने, पाउने र स्वार्थ लिने केही पनि कुरा छैन,’ शेरचनले आफ्नो उम्मेदवारी घोषणाबारे प्रष्ट्याउँदै भने, ‘स्वार्थको लागि नभई निष्पक्ष तबरले संस्थालाई अघि बढाउने र सक्षम संस्था बनाउने मेरो इच्छा र योजना हो । यसमा संसार भरका सबै नेपालीको भूमिका र सहयोगको अपेक्षा समेत राखेको शेरचन बताउँछन् ।