सेप्टेम्बर २५ । काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए)को भावी उपाध्यक्षका लागि रविनप्रसाद शेरचनलाई अर्का चर्चित गायक यम बरालले पनी साथ दिएका छन् ।
जापानलाई कर्मथलो बनाइरहनुभएका शेरचनले जापानबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । गायक बरालले शेरचनलाई अग्रिम जितको शुभकामना नै दिएका छन् भने संसारभरका गैर आवासीय नेपालीहरूले भोट गरेर जित्ने पक्का नै बरालले देखेको फेसबुकमार्फत जनाएका छन् ।
गायक यम बरालले लेखेका छन्, “ नेपालीको शान नेपालीको मान,आदरणीय रोबिन शेरचन दाईलाई अग्रिम जीतको शुभकामना !
सन् १९८८ मा उच्च शिक्षाको लागि विद्यार्थी भिषामा जापान प्रवेश पुगेका रोविनप्रसाद शेरचन टोकियोमा रहेका नेपालीहरूमध्येका होटल तथा रेष्टुरेण्ट व्यवसायमा स्थापित नाम हो । दुई दशकभन्दा लामो कडा मेहनत र निरन्तरको लगावले जापानमा नेपाली र जापानिज समाजमा चिरपरिचित सफल व्यवसायीका रूपमा हुनुहन्छ ।
विगत दुई दशक यता जापानमा संघ–संस्था तथा कम्पनीहरूले आयोजना गर्ने विभिन्न सांस्कृतिक कार्यक्रमहरू सफल पार्न, नेपालमा हुने प्रकृतीक विपत्तिमा आर्थिक सहयोग गर्न, आपत् बिपद्मा परेका नेपालीहरूलाई आवश्यक सहयोग गर्ने प्रमुख सहयोगी हात (दाता)का रूपमा समेत उनलाई सबैले प्राथमिकतामा साथ पहिलो सूचीमा राख्ने गर्दछन् ।
गैरआवासीय नेपाली संघ जापानको सल्लाहकार रहेका शेरचनले यसअघि मानार्थ सदस्यमा र आईसीसी सदस्य रहेर पनि भूमिका निर्वाह गरिसकेका छन् ।