Thursday, November 30, 2023

एमाले सुदूरपश्चिमको अधिवेशन आजबाट शुरु

कैलाली ,असोज २१
नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट शुरु हुने भएको छ । एमालेको प्रथम प्रदेश अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा वलीले गर्नुहुने भएको छ । । धनगढीमा असोज २१ र २२ गते चल्ने प्रदेश अधिवेशनका लागि अध्यक्ष ओली र महासचिव शंकर पोख्रेल लगाएतका नेताहरु धनगढी आज आउने जनाइएको छ ।
एमालेको सुदूरपश्चिम प्रदेश कमिटि तथा अधिवेशन मूल व्यवस्थापन समितिले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशनको तयारी पूरा भएको बताएको हो।
सुदूरपश्चिममा ६७५ प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले प्रथम प्रदेश अधिवेशनका लागि छनौट भएका ९ वटै प्रदेशका प्रतिनिधिहरु धनगढी पुगिसकेको बताउनुभयो । उहाँले ११ बज अधिवेशनको उद्घाटन हुने समेत जानकारी दिनुभयो । भण्डारीका अनुसार प्रदेश अधिवेशनमा आर्थिक र राजनीतिक प्रतिवेदन पेसपछि नयाँ कमिटि चयनको प्रक्रिया सुरु हुने छ।
अधिवेशनमा ओलीसँगै पार्टीका महासचिव पोखरेल, पार्टीका सचिव तथा कर्णाली इञ्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वर्मा, स्थायी कमिटि सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायि कमिटि सदस्य तथा खेलकूद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रिय सदस्यहरुको सहभागिता रहने प्रदेश प्रकासन तथा प्रसारण विभागका संयोजक कमला बोहराले जनाउनुभयो ।
केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टीको प्रदेश नेतृत्व आपसी समझदारीका आधारमा चुन्ने प्रयास गरिने बताउनुभयो । सर्वसम्मतको प्रयास सफल नभए समूहगत नभएर व्यक्तिगत रुपमा नेताहरुले आकांक्षा राखेका पदमा प्रतिस्पर्धा गर्ने विकल्प खुल्ला रहेको समेत विश्वकर्माले जनाउनुभयो । एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नेताहरु वचनबहादुर सिंह, कृष्णप्रसाद जैशी र अहिलेका प्रदेश कमिटि उपाध्यक्ष कमल तिमिल्सिनाले दाबी गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 15

Leave A Reply

Your email address will not be published. Required fields are marked *