हिमालय लाईफ इन्स्योरेन्स लिमिटेड सुदुरपचिम अन्तर्गत ,डडेलधुरा उप प्रादेशिक कार्यालयले विभिन्न स्थान १ दिने जीवन बिमा सम्बधि सचेतना कार्यक्रम सप्पन्न गरेको छ । गत शुक्रबार बाजुर जिल्ला को मार्तडी स्थित बढिमालिका नगरपालिकाको ०८ को बाल मन्दिर नि मा बिमा ,बैतडी जिल्ला को दसरथचन्द नगरपालिकाको सरस्वती आधारभुत स्कुल र गत आईतवार डडेलधुरा जिल्लाको पर्सुराम नगरपालिका स्थित त्रीबेणी बहुमुखी क्याम्पसमा जीवन बिमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।जीवन बिमा सम्बन्धि सचेतता कार्यक्रममा जिबन बिमा के हो ,जीवन बिमाको महत्व र आवस्यकता किन छ ,जीवन बिमाले बहन गर्ने जोखिमहरु के कस्ता हुन्छ्न , आम नागरिकले जीवन बिमालाई किन बिश्वास गर्ने ,बिमा को नियमक निकाय हुन्छ हुदैन , लगायतको बिसय बस्तुमा छलफल गरियो थियो।

कार्यक्रम बाजुरा मा हिमालयन लाईफ बाजुरा उप शाखाको प्रमुख कविता पाध्यायले,बैतडीजिल्ला बैतडी को शाखा प्रमुख बिर्ख राज जोशी ले र डडेलधुरा को जोगबुडामा उप प्रदेश प्रमुख टेक राज आचार्य ले प्रतुतिकरण राख्नु भएको थियो भने कार्यक्रम सन्चालन शाखा प्रमुख दिवाकर अबस्थी ले गरेका थिय। कार्यक्रममा करिब ३५० विद्यार्थी तथा शिक्षकको उपस्थिति रहेको थियो।
स्कुल तथा कलेज मा गरिने यसप्रकार को जनचेतना कार्यक्रमले बिद्यार्थीमार्फत परिवारमा बिमाको चेतना फैलाउन मद्दत पुग्ने बिचार उप प्रादेशिक कार्यालय प्रमुख टेक राज आचार्यले बताउनु भयो ।


