Thursday, November 30, 2023

पोखरालाई आईटी हब बनाउने महाबीर पुनको अभियानमा जापानका रोबिन शेरचनले नेतृत्व गर्ने

११ अक्टोवर । काठमाडौं

जापानका सफल व्यवसायी तथा एनआरएनए अभियन्ता रोबिन प्रसाद शेरचनले पोखरा शहरलाई आईटी हब बनाउने डा . महाबीर पुनको अभियानको नेतृत्व गर्ने भएका छन।

गैरआवासीय नेपाली संघ स्थापनाको २० वर्ष पुगेको अवसर पारेर एनआरएनए अभियान्त शेरचनले राष्ट्रिय आविस्कार केन्द्रको कार्यालयमै पुगेर पोखरा शहरलाई आईटी हब सिलिकन भ्याली निर्माण गर्ने परिकल्पनालाई साकार पार्ने योजनामा प्रतिवद्दता जनाउनु भएको हो। करिव चार करोड रकम बरावरको खर्च लाग्ने प्रारम्भिक अनुमानको खर्च सहित सो अभियानलाई शेरचनले नेतृत्व गर्दै डा. पुनको परिकल्पनाको प्रसंसा गर्दै आफुले लामो समयदेखिको नेपालमा दिर्घकालिन सहयोग गर्ने आफ्नो धोको पुरा हुनेमा खुसी व्यक्त गर्नुभयो।

युवा पुस्तामा कुनै न कुनै सीपमा दक्षता दिलाउने मुख्य पाँच बुदे प्रतिवद्दता सहित गैरआवासीय नेपाली संघको आगामी साता काठमाण्डौमा हुने ११ औ महाधिवेशनवाट २०२३- २०२५ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका शेरचनले डा. पुनसंगको सहकार्यले आफुलाई निक्कै हौसला मिलेको बताए।
सो आवसरमा डा. पुन द्वारा प्रकाशित हुन लागेको जीवनी पुस्तकमा सहयोग अभियान समेत जुटाउने बताएका शेरचनले केन्द्र परिसरमा निर्माणाधिन आविस्कारका योजनाको विस्तृत अवलोकन समेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 97

Leave A Reply

Your email address will not be published. Required fields are marked *